३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


चितवनमा भैँसी सम्मेलन सुरु


0
Shares

चितवन, कात्तिक ८ । चितवनको रामपुरमा सोमबारजदेखि भैँसी सम्मेलन सुरु भएको छ ।

नेपालमै पहिलो पटक कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा ‘१०औँ एसियन बुफेलो कंग्रेस २०२१’ शुरु भएको हो ।

भैँसी पालनको विकास र नयाँ प्रविधि तथा भैँसीसँग सम्वन्धित नयाँ अविष्कार घोषण गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष प्रा.डा.भूमिनन्दन देवकोटाले जानकारी दिनुभयो ।

सम्मेलनमा भर्चुअल र भौतिक दुवै माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले सम्मेलनको उद्घाटन गर्नुभयो ।

सम्मेलनमा १७ देशका विज्ञहरुले १ सय ३५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गर्ने छन् । नवाँै भैँसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो ।

पछिल्लो खोज अनुसार भैँसीलाई बेमौसममा पनि प्रजनन हुनसक्ने कुरा पत्ता लागेको र यसलाई किसानसँग जोड्दै विश्वविद्यालयमै भैँसी अनुसन्धान केन्द्र स्थापनको तयारी भइरहेको जनाइएको छ ।