
काठमाडौं, कात्तिक ८ । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकारसमक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतीपूर्तीको माग गरेका हुन ।
उनीहरुले कृषि संकटग्रस्त क्षेत्र घोषणा, विपत्तिबाट प्रभावित घरधुरीको तथ्यांक संकलन, घाइतेहरुको स्वास्थ्योपचार तथा बसोबास गुमाएकाहरुलाई उचित बासको व्यवस्थासँगै पशुधन बीमा कार्यक्रम प्रभावकारी बनाउन माग गरेका छन् । राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाशबहादुर थापाले पीडित किसानहरुका लागि तत्काल राहत दिन माग गर्नुभयो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले तथ्यांक संकलन गरेपछि किसानलाई राहत प्याकेज र हिउँदे बालीको लागि अनुदानमा बिउविजन तथा मलखाद उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
बेमौसमी बर्षाले कैलाली कञ्चपुरमा मात्रै ३ अर्वको धानबालीमा क्षति पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्