१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘क्लिन फिड’ लागू भएको एक वर्ष पूरा, अपेक्षित उपलब्धि नभएको उपभोक्ताको गुनासो


0
Shares

काठमाडौं, कात्तिक ८ । सरकारले क्निफिड लागु गरेको एक वर्ष पूरा भएको छ ।

नेपाली विज्ञापन बजार दोब्बर बृद्धि हुने एवं रोजगारीका अवसर बढ्ने अपेक्षाका साथ करिब दशक लामो प्रतिक्षा पछि ल्याइएको क्निफिड गत वर्ष आजकै दिनदेखि कार्यान्वयनमा आएको हो । तर, यसले अपेक्षित उपलब्धि भने हासिल हुन नसकेको उपभोक्ताको गुनासो छ ।

डब गरिएका विज्ञापनमा केही कमी आएको र नेपाली सर्जकको काम केही बढेको बताइएको छ । तर, उपभोक्ताले भने क्लिनफिडको उद्देश्य अनुसार स्वच्छ प्रसारण भने हेर्न नपाउनु दुखद भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बाँनियाको तर्क छ ।

क्लिनफिड ७५ प्रतिशत मात्र लागु भएको विज्ञापन संघको विश्लेषण छ । कार्यान्वयनको पक्षमा कमजोरी रहेको संघको स्वीकारोक्ति छ । यसमा केवल व्यवसायी र विदेशी च्यानलले प्राविधिक र उपकरणमा लगानी गर्न नसक्नुपनि मुख्य कारण भएको र यो समस्या पनि चाँडै समाधान हुने संघका अध्यक्ष सोमप्रसाद धितालको दाबी छ ।

लामो समयदेखि क्लिनफिडको आवाज उठाउँदै आउनु भएका संघका पूर्व अध्यक्ष भास्करराज राजकर्णिकार क्लिनफिड लागु हुने समय नै गलत भएको बताउनु भयो । कोभिड प्रभावका कारण पनि क्लिनफिडको अपेक्षित उपलब्धी देखिइनसकेको उहाँको भनाइ छ ।

कोरोनाको असर कम हुदै गएमा मिडिया अर्थतन्त्रमा सुधार आउने सरोकारवालाको विश्वास छ ।