२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई अर्थमन्त्री शर्माको आग्रह


0
Shares

काठमाडौं, कात्तिक ८ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गर्नु भएको छ ।

नेपालका लागि फ्रान्सका राजदूत गिलिज बौरबोसँगको भेटमा मन्त्री शर्माले लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्दै त्यसका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

कोभिड महामारीको असर कम हुन नपाउँदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पु¥याएकाले त्यसको पुनर्निर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउन राजदूतसंग सकारात्मक कुराकानी भएको बताइएको छ ।