
काठमाडौं, कात्तिक ८ । नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा हस्तकला कोसेली मेला सुरु भएको छ ।
मेलाको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य र भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ्गकी धर्मपत्नी सावित्री गुरुङ्गले सयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न हस्तकला कोशेली मेला आयोजना गरेको जनाएको छ ।
नक्साल भाटभटेनीपछि नयाँ ठिमी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा पनि मेला आयोजना गर्ने मेला संयोजक बिक्रम सिंह महर्जनले जानकारी दिनुभयो ।
यहाँ यो मेला १० गतेसम्म संचालन हुनेछ भने ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा छालाजन्य सामाग्री, पश्मिना, उलन, नेपाली कागज, सिसाकला, टाँक, सेरामिक, कपडालगायतका स्टल रहेका छन् । भाटभटेनीसँगको सयुक्त आयोजनामा भएको मेला कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्