७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रदेश २ सरकार अध्यादेशमार्फत कृषि र प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया


0
Shares

जनकपुर, कात्तिक ९ । प्रदेश २ सरकारले अध्यादेशमार्फत कृषि र प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया थालेको छ ।

राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रियालाई अगाडि बढाउन प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष अध्यादेश सिफारिस गरेको हो ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दुबै विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगत्तै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने बताउनुभयो ।

कृषि, प्राविधिक सम्बन्धी उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यवहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक भएको बताएको छ ।