
काभ्रे, कात्तिक ९ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिगामी आदेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
नेकपा एमालेको धुलिखेल नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले प्रतिगामी आदेश जारी गरेर देशलाई अस्थिरताको भुमरीमा फसाउने न्यायाधीश सबैले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
उनीहरुले देश बिगार्ने हर्कत गरेको बास्कोटाको आरोप छ । यस्तै बास्कोटाले नेकपा एमाले समृद्धिको च्याम्पियन भएको समेत बताउनुभयो ।
पार्टी विभाजनले एमालेलाई कुनै असर नगरेको उहाँको भनाई थियो । यस्तै एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले माधव नेपालले पदका लागि पार्टी विभाजन गरेर देश र जनतालाई धोका दिएको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्