२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


टेनिस टुर्नामेण्ट २०२१ सुरु, ८ देखि ६५ वर्षसम्मकाले खेल्न पाउने


0
Shares

काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको बताउनुभएको छ ।

गणेशमान सिंह स्पोर्ट कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मा बोल्दै नेता सिंहले आन्तरिक खेलले खेलाडीहरुलाई अवसर दिने बताउँदै खेलमा भविष्य देखेर आकर्षित हुनेहरु बढ्न थालेको बताउनुभएको हो । उहाँले कोरोनाको जोखिमका बेला पनि कमिटीले सुरक्षित भएर कार्यक्रम सञ्चालन गरेकोप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले आन्तरिक खेलले खेलाडीहरुको मनोबल बढाउने बताउनुभयो ।

गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मंगलबारबाट सुरु भएको छ । टुर्नामेण्ट कार्तिक १६ गतेसम्म चल्नेछ भने यसमा ८ वर्ष उमेर समूहदेखि ६५ वर्षसम्मका खेलाडीहरुले भाग लिन पाउनेछन् । विजेताले ७ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।