४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा उकालो लाग्नेक्रम जारी


0
Shares

काठमाडौं, कात्तिक ९ । केहिदिन यता निरन्तर उकालो लागेको शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको सुधार आएको छ ।

शेयर बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबारमा पनि वृद्धि भएको छ । उतारचढावका बिच बजार परिसूचक नेप्सेमा ७८ अंकको सुधार आउँदा बजार परिसूचक नेप्से २७ सय ५१ बिन्दुमा पुग्दा ११ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ ।

मंगलबार जीवन बिमा समुह ४ सय ९९ अंकले उकालो लाग्दा निर्जिवन, होटल तथा पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, जलविद्युत, उत्पादनमुलक र लघुवित्त समुहमा दोहोरो अंकको सुधार आएको छ ।

मंगलबार बेस्ट फाईनान्स कम्पनीका शेयर लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा साना किसान विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे । मंगलबार १ सय ७९ कम्पनीका शेयर लगानीकर्ताले कमाउँदा ६ कम्पनीका लगानीकर्ता गुमाउन पुगे ।

मंगलबार २ सय २७ कम्पनीको ६३ करोड १८ लाख कित्ता शेयर ११ अर्ब ४८ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।