
बैतडी, कात्तिक ९ । बैतडीको शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप एक लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
शिवनाथ–६ बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीलाई गाउँपालिकाले राहत प्रदान गरेको हो ।
एकै परिवारका तीनै जनाको कात्तिक २ गते पहिरोमा पुरिएर मुत्यु भएको थियो । गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय भए बमोजिम राहत प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष चन्दले बताउनुभयो ।
गाउँपालिकाले जनही ५० हजार र खाद्यान्न सामग्री पनि वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्