
भक्तपुर, पुस २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको दाबी गरेका छन् ।
बुधबार भक्तपुरमा आयोजित समारोहमा बोल्दै मन्त्री बाँस्कोटाले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता हनन् हुने खतरा आए आफैँ राजीनामा दिएर आन्दोलनमा होमिने धारणा राखे ।
कमिसन पत्रकारिता धेरै नचल्ने भन्दै उनले पत्रकारिता व्यावसायिक हुनुपर्नेमा जोड दिए । पत्रकारको हक हितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने पनि उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्