३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025


सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था थप कडा


0
Shares

काठमाडौं, कात्तिक १० । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

न्यायालयभित्र बढ्दो विवादकाबीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । सर्वोच्च अदालतमा समाचार संकलनका लागि खटिएका पत्रकार समेतलाई प्रवेशमा कडाइ गरिएको छ ।

रामशाहपथ क्षेत्रमा सुरक्षा बढाइएको छ । पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित नेपाल बारसमेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने बरु महाभियोग लागे त्यसको सामना गर्न तयार रहने बताउँदै आउनु भएको छ ।

प्रधानन्यायाधीश आफ्नो सीमा नाघेर व्यक्तिगत लाभको कार्यमा लागेको आरोपसहित न्यायालयमा विवाद देखिएको हो ।