१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भोलि बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने


0
Shares

काठमाडौं, कात्तिक १० । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भोलि बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुहुने भएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको हो । संघीय सरकारमा गठबन्धन गरिरहेका चार दलमध्ये प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन् ।

मुख्यमन्त्री शाक्यको राजीनापछि अब प्रदेश प्रमुखले निश्चित समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने कानुनी व्यवस्था छ ।

पाण्डे मुख्यमन्त्री नियुक्त भएसँगै भोलि नै गबन्धनबाट एक÷एक जना मन्त्रीले समेत शपथ लिने बताइएको छ । पाण्डे झण्डै सात महिना मात्रै मुख्यमन्त्री कायम रहेने बताइएको छ ।

गठबन्धनबीचको सहमति अनुसार त्यसपछिको बाँकी समय कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्नुहुने छ ।