२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शोक प्रस्ताव पारित गर्न सर्वोच्चको फुलकोर्ट बस्यो


0
Shares

काठमाडौं, कात्तिक १० । सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न सर्वोच्च अदालतको फुलकोर्ट बसेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले दवाव दिइरहेका बेला पूर्व न्यायायाधीश पण्डितको श्रद्धाञ्जलीका लागि फूलकोर्ट बसेको हो ।

पूर्वन्यायाधीश पण्डितको आजै निधन भएको थियो ।

यसअघि १४ न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फुलकोर्ट बैठक बस्न अस्वीकार गरेका थिए ।

प्रधानन्यायाधीश राणा मन्त्रिपरिषदमा भागबण्डा खोजेको लगायत विषयमा विवादमा मुछिएपछि उहाँले निकासका लागि मार्गप्रशस्त गरिदिनु पर्ने न्यायाधीशहरूले बताउँदै आएका छन् ।