
काठमाडौं, कात्तिक १० । विगत केही दिनदेखि उकालो लाग्दै आएको शेयर बजार बुधबार पनि दोहोरो अंकले सुधारिएको छ ।
उतार चढावकाबीच १८ अंकले बढेको बजार २७ सय ६९ विन्दुमा पुगेर बन्द भयो ।
पछिल्लो समय कारोबार रकमपनि हरेक दिन सामान्य अंकले वृद्धि हुँदै गएको छ । साढे ६ अर्ब बढीको कारोबार भएको बजारमा अधिकांश उपसमुहमा दोहोरो अंकले उकालो लागेका छन् ।
बुधवार सबैभन्दा बढी जीवन बिमा समुह ३ सय १७ अंकले बढेको छ भने निर्जिबन बिमा समुहमा १ सय ७८ अंकको सुधार आएको छ । यसैगरी लघुवित्त, अन्य, व्यापार र वाणिज्य बैंक समुहमा दोहोरो अंकको सुधार आउदा १ सय ११ कम्पनीको शेयर मूल्य बढेको छ ।
उत्पादन, जलविद्युत, होटल तथा पर्यटन र विकास बैक समुहमा भने सामान्य अंकको गिरावट आएको छ । आज ६९ कम्पनीको मुल्यमा कमी आउदा ७ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार २ सय २८ कम्पनीको १ करोड १५ लाख बढी कित्ता ६ अर्ब ६१ करोड बढीमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्