
काठमाडौं, कात्तिक १० । नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद परिषद् र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बुधबार आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले उक्त आग्रह गर्नुभएको हो ।
खेलकुदमन्त्री परिषदको पदेन अध्यक्ष रहने व्यवस्था छ । खेल क्षेत्रबाट नेपाललाई विश्वमा चिनाउन र खेल पूर्वाधार निर्माण गरेर देशलाई समृद्धीतर्फ अगाडि बढाउने योजना आपूmसँग भएको मन्त्रीले दाबी गर्नुभयो ।
कार्यक्रममा कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले खेलाडीका लागि सुविधायुक्त प्रशिक्षण स्थल, कर्मचारीको सेवा सुविधाका बारे मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्