
बागलुङ, कात्तिक १० । बागलुङको निसिखोला गाउँपालिका, विभिन्न वडा कार्यालय, विद्यालय र निजी घरमा मंगलबार राति एकैचोटी तोडफोड र चोरी भएको छ ।
वडा नम्बर ३ र वडा नम्बर ४ को कार्यालय, ५ वटा विद्यालय र अन्य १९ घरमा तोडफोड र चोरी भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।
यो सबै घटना एकै रातमा भएको बताइएको छ । निसीखोला गाउँपालिका कार्यालयमा तोडफोडसँगै कागजपत्र छरपस्ट भएको छ । त्यस्तै कागजात राख्ने दराज र सिसी क्यामेराको तार समेत काटिएको अवस्थामा रहेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको भन्दै अहिलेसम्म कसैलाई पनि अनुसन्धानको दायरामा नल्याएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्