
काठमाडौं, कात्तिक १० । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र सुधारका काम गर्न लागेको बताउनुभएको छ ।
साफ च्याम्पीयनसिप उपविजेता नेपाली फुटबल टिमका खेलाडीहरुलाई नेपाल तरुण दलले गरेको सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सरकारले प्रहरी संगठनभित्र सुधारको काम गर्न लागेको बताउनुभयो ।
प्रहरी जवानहरुलाई उत्साहित र उनीहरुको आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन नियमावली संशोधनको तयारी गरेको उहाँको भनाइ थियो ।
गृहमन्त्री खाँणले नेपाली कांग्रेसले सधैभरी खेलाडीहरुलाई सम्मान गर्ने उल्लेख गर्दै अब हुने तिनै तहको निर्वाचनमा सर्वोत्कृष्ट खेलाडीलाई कांग्रेसले उम्मेदवार बनाउने प्रयत्न गर्ने पनि बताउनुभयो । उहाँले आगामी वर्षको प्रतियोगितामा बिजयी भएर आएमा फुटबल टिमका सदस्य र व्यवस्थापकलाई राष्ट्रिय विभूषणबाट सम्मान गर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्