
बैतडी, कात्तिक ११ । बैतडीको दोगडाकेदार गाउँपालिका– ३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा करिब दुई करोडको लागतमा छात्रावास निर्माण गरिएको छ ।
संघीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा १ करोड ९५ लाख ८५ हजार रुपैयाँमा २० कोठे छात्रावास बनेको हो ।
प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले दुर्गम स्थानमा सञ्चालित श्रीकोट बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशकै नमूना शैक्षिक केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको र यसका लागि आफू प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले शिक्षा क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको श्रीकोट बहुमुखी क्याम्पस २०६९ सालमा स्थापना भएको हो । स्नातकोत्तरसम्मको पढाई हुने यस क्याम्पसमा हाल २ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस्