१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महाकालीमा डुंगा दुर्घटना, एकको मृत्यु, एक जना बेपत्ता


0
Shares

बैतडी, कात्तिक ११ । महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकजना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा बैतडीको शिवनाथ गाउँपालिका– १ की १३ वर्षीया मिना साउद रहेकी छन् ।

यस्तै शिवनाथ– १ कै ८ वर्षीय सन्दीप साउँद बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

महाकाली नदीस्थित बैतडीको शिवनाथ गाउँपालिका– १ खाँडघाटमा बुधबार बेलुका दश जना सवार डुंगा दुर्घटनामा परेको हो ।

दुर्घटनामा मिना र सन्दीप बेपत्ता रहेकोमा मिनाको शव आज बिहान महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजी कार्य भइरहेको छ ।

डुंगामा सवार अन्य आठ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।