
बागलुङ, कात्तिक ११ । बागलुङको निसीखोला गाउँपालिकाले सात वटै वडालाई कृषि तथा पशुपालन पकेट क्षेत्र बनाउने भएको छ ।
यसका लागि गाउँपालिकाले हरेक वडामा वातावरण अनुकुल फलफूल तथा अन्य बालीका बिउ तथा बिरुवा वितरण गर्ने भएको छ ।
गाउँपालिकाले सात वटै वटालाई फरक–फरक बाली तथा फलफूलमा पकेट क्षेत्र बनाउने भएको हो ।
वडा नम्बर १ लाई किबी, २ लाई कागती र मकै, ३ लाई किबी र दाँते ओखर, ४ लाई कागती, ओखर, ५ र ६ मा आलु तथा पशुपालन र वडा नम्बर ७ मा अलैंची पकेट क्षेत्र बनाउन थालिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।
कृषकले माग गरेका दाँते ओखर, किकिीा विरुवा गाउँपालिकाले वितरण गरेको छ । यस्तै गाउँपालिकाले पशुपालन गर्ने कृषकका लागि अनुदानको समेत व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्