
काठमाडौं । विश्वकप ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा बिहीबार (आज) अष्ट्रेलियाले श्रीलंकासँग खेल्नेछ ।
दुबै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो भने अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
यो समूहमा दुई खेलबाट ४ अंक जोडेको इंग्ल्याण्ड शिर्ष स्थानमा रहेको छ ।
बुधबार भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । बुधबार भएको दोस्रो खेलमा नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित ग¥यो ।
प्रतिक्रिया दिनुहोस्