७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सुनको मूल्यमा वृद्धि


0
Shares

काठमाडौं, कात्तिक ११ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार चार सय पुगेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला १० ग्राम ७९ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरि, तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम १ हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।