८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘विपन्न, दलित, अपाङ्गता भएका विद्यार्थीका लागि निशुल्क उच्च शिक्षा प्रदान गर्ने’


0
Shares

काठमाडौं, पुस २४ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेललको सहभागितामा सुरु भएको छलफलमा विश्वविद्यालय ऐन, छात्रवृत्ति ऐन संशोधन गर्ने विषयमा छलफल भएको छ ।

त्यस क्रममा शिक्षा मन्त्री पोखरेलले उच्च शिक्षा, विद्यालय शिक्षा र प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धि विधेयकमा छिटो सुझाव पेश गर्न आग्रह गरे ।

विपन्न, दलित, अपाङ्गता भएका विद्यार्थीका लागि निशुल्क उच्च शिक्षा प्रदान गर्ने, उच्च शिक्षाका लागि अनुदान दिने, सबै विश्वविद्यालयहरुको ऐन संशोधन गर्ने लगायतका विषयहरु संशोधन विधेयकमा रहेका छन् ।