
तनहुँ, पुस २४ । नेपाली कांग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले देशलाई नै बन्धक बनाएको आरोप लगाएका छन् ।
तनहुँको दमौलीमा बिहीबार तनहुँ महोत्सवको उद्घाटन गर्दै पौडेलले दुई तिहाइको सरकारले कुरा बाहेक केही गर्न नसकेको धारणा राखे ।
पत्रकारका कलममा विर्को लगाउन खोजेको भन्दै उनले सरकारले गर्नुपर्ने काम छाडेर नचाहिँदो उपद्रो कर्ममा लागेको दाबी गरे ।
पछिल्लो समय भ्रष्टाचारमा लिप्त हुदैं जाँदा सरकारप्रति जनताको विश्वास घट्दै गएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्