२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अध्यक्ष तिमिल्सिना र स्पेनका सभामुखबीच भेट


0
Shares

काठमाडौं, कात्तिक १२ । स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेको छ ।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका सभामुख देलगाडो नेतृत्वको टोलीले आज अध्यक्ष तिमिल्सिनासँग भेट गरेको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्ध रहेको बताउँदै त्यहाँको प्रदेश तथा स्थानीय तह र नेपालका प्रदेश तथा स्थानी तहबीच सहकार्यमा जोड दिनुभएको थियो । सभामुख देलगाडोले सहकार्यका लागि आफ्नो पहल रहने जानकारी दिनुभयो ।