
काठमाडौं, कात्तिक १२ । कोरोना भाइरसका ५४९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७४६ जनाको परीक्षणमा ५.६४ प्रतिशतमा संक्रमण देखिएको हो ।
त्यस्तै ७ हजार १४५ जनाको पीसीआर परीक्षणमा ४९० अर्थात् ६.८६ प्रतिशत संक्रमित पाइएका हुन् ।
थपिएकामा काठमाडौंका १७३, रुपन्देहीका ३९, मोरङ्गका ३२, ललितपुर र कास्कीका समान ३१ तथा भक्तपुरका २४ जना हुन् । यस्तै थप ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् ।
थप ६ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ३ सय ८८ जनाको मृत्यु भइसकेको छ ।
हाल १० हजार १५१ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमा २ सय ४२ जनाको आईसीयूमा र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
थप १ लाख २५ हजार ५ सय २७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसँगै अहिलेसम्म कूल जनसंख्याको साढे २८ प्रतिशतले कम्तीमा एक डोज र २३ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्