
काठमाडौं, कात्तिक १२ । कोरोना महामारीको जोखिमका कारण विगत दुई वर्ष यता सुनसान रहेकोमा शुक्रबारबाट पुष्प मेला शुरु भएको छ ।
चार दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै व्यवसायीहरु खुशी भएका हुन् । मेलामा ४४ वटा स्टलहरु रहेका छन् ।
मेलाको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्दै सरकार आन्तरिक उत्पादन प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको पनि बताउनुभयो ।
पुष्प व्यवसायीहरुले मेला शुरुभएसंगै अब पुष्प व्यवसाय फस्टाउने आशा जागेको बताए । सयपत्री फूल नेपालमा प्रशस्तै उत्पादन भए पनि तिहारमा मात्रै देखिने क्षणिक व्यापारीहरुले भारतबाट आयात गर्दा नेपाली बजार विग्रिएको पनि व्यापारीहरुले गुनासो गरेका छन् ।
जथाभावि फूल आयात निरुत्साहित गरे स्वदेशी उत्पादनले बजार पाउने उद्यमीहरुको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्