
काठमाडौं, कात्तिक १२ । एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ ।
कम्पनीलाई स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरु मार्फत समाजको विकासमा योगदान पु¥याए बापत ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरिएको हो ।
त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भुकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुर्याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको जनाइएको छ ।
सन् १९९९ मा सुरु भएको यो अवार्ड विश्वभरको टेलिकम बजारमा भएको नवीनतम विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरुलाई प्रदान गरिंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्