
बैतडी, कात्तिक १२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन अन्र्तगत बैतडीका ७८ वडामा अधिवेशन सम्पन्न भएको छ । गत सोमबारबाट सुरु भएको अधिवेशनमा आजसम्म ७८ वडामा अधिवेशन सम्पन्न भएको हो ।
सबै वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको नेकपा एमाले बैतडीका सचिव तथा प्रदेश सभा सदस्य लिलाधर भट्टले जानकारी दिनुभयो । छ गाउँपालिका र चार नगरपालिका गरि यहाँ ८४ वडा रहेका छन् ।
जिल्लाको पाटन नगरपालिका ४ र ६, दशरथचन्द नगरपालिकाको ६, मेलौली नगरपालिकाको ६ र ७ र सुर्नया गाउँपालिकाको ३ नम्बर वडामा अधिवेशन हुन बाँकी रहेको हो ।
बैतडीका स्थानीय तहको अधिवेशन भने कात्तिक १५ गते हुने भएको छ । कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकोले प्रदेश कमिटिले वडा र पालिका अधिवेशनको कार्यतालिका सारेकाले यहाँको अधिवेशन केही ढिला हुन गएको जनाइएको छ ।
यसैबीच कात्तिक १५ गते जिल्लाका सबै स्थानीय तहका हुने पालिका अधिवेशनका लागि उत्प्रेरक तथा सहजकर्ता छनौट गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्