१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल-भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको महत्वपूर्ण भूमिका : राजेन्द्र महतो


0
Shares

काठमाडौं, कात्तिक १४ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरुको विदाई कार्यक्रममा नेता महतोले सो कुरा बताउनुभएको हो ।

उहाँले नेपाल भारतबीचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उल्लेख गर्नुभयो । राम र सीताको सम्बन्ध रामायणकालिन भएकै कारणले आफूहरुले नेपाल–भारत सम्बन्धलाई रोटी बेटीको सम्बन्ध बताउँदै आएको उहाँले बताउनुभयो । वरिष्ठ नेता महतोले सीता बिना सम्पुर्ण रामायण नै अपुरो रहेको भन्दै रामायणले नेपाल–भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताउनुभयो ।