१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चमा बारको प्रदर्शन: प्रधानन्यायाधीश राणाले राजीनामा निदँदासम्म नराेक्ने

राणाकाे राजीनामा न्यायपालिका शुद्धीकरणका लागि भएकाे जिकीर

0
Shares

मिरा बस्नेत
काठमाडौं, कात्तिक १४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतको परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बिरोध प्रदर्शन गरेका हुन् ।

बारका पूर्वअध्यक्ष शम्भू थापाले व्यक्तिको लागि बिरोध नभएर प्रवृत्तिमाथिको विरोध भएको बताउनुभयो । उहाँले न्यायपालिमा प्रधानन्यायाधीशको भूमिका ठीक नभएको भन्दै राजीनामा नदिएसम्म नेपाल बार एशोसिएशनले चरणवद्ध आन्दोलन गर्ने बताउनुभयो । उहाँले कोर्ट बारभन्दा ठूलो नभएको भन्दै बारले नै राजीनामा माग्दा राजीनामा दिन्न भन्ने कुरा लज्जास्पद भएको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले कानून व्यवसायीहरुको बिरोध प्रधानन्यायाधीशको लागि मात्रै नभएर न्यायपालिकाको शुद्धीकरणका लागि भएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले गरेका कामहरु विधिवत नमिलेका ठाउँमा मिलाएर नलगे आन्दोलन थप चर्किने चेतावनी दिनुभयो ।

बिरोध प्रदर्शनमा अधिवक्ता ओमप्रकाश अर्यालले बारले अवज्ञा गर्दा पनि प्रधानन्यायाधीशले बेन्च तोक्नु गलत भएको बताउनुभयो । अधिवक्ता अर्यालले प्रधानन्यायाधीश राणाले समस्याको समाधान दिनेतर्फ चासो नदिँदा आन्दोलन थप चर्कने बताउनुभयो । उहाँले राणाको अटेरीपनले न्याय सम्पादनमा समस्या हुनुका साथै सेवाग्राही मर्कामा परेको टिप्पणी गर्नुभयो । उहाँले राणाको कार्यशैलीले खराब आचरणको पुष्टि भएकोसमेत बताउनुभयो ।

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एशोसिएशनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले कात्तिक १४ देखि १७ गते सम्म कालोपट्टीसहितको बिरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।