२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायमै रहने गृहमन्त्री खाँणको भनाइ


0
Shares

बुटवल, कात्रिक १४ । गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ पाँच दलीय गठबन्धन आउँदो चुनावसम्मै कायम राखिने बताउनुभएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच संविधानको रक्षा र जनविश्वास बलियो बनाउन गठबन्धन बनेको तर्क पनि कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएका खाँणको थियो ।

रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा गरिएको कार्यक्रममा खाँणले शान्ति र स्थायित्व कायम गर्न, संविधानको कार्यान्वयन र व्यवस्था रक्षाको लागि सरकार गम्भीर रहेको पनि बताउनुभयो ।

यसैगरी, उहाँले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको सरकारले उचित व्यवस्थापन गर्ने पनि बताउनुभयो ।

मन्त्री खाँण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रममा सहभागी हुन रुपन्देही पुग्नुभएको हो ।