
काठमाडौं, कात्तिक १४ । शेयर बजारका लगानीकर्ता उत्साहित बन्दै गएको देखिएको छ ।
आइतबार शेयर बजार परिसूचकसँगै कारोबार पनि सुधार आयो ।
बजार परिसूचक नेप्सेमा २ प्रतिशत बराबरको बृद्धि आयो । नेप्से ५५ अंकले उकालो लागेर २८ सय ३७ पुग्दा कारोबार पनि ८ अर्ब नजिक पुग्यो ।
वाणिज्य बैंक समूह सामान्य अंकले रातो रहे बाहेक अरु सबै समूहमा हरियाली छायो । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च ६ सय अंक माथिको बृद्धि आयो ।
विकास बैंक र उत्पादनमूलक समूह पनि ३ सय अंक बढीले बढे । जीवन बीमा समूहमा २ सय अंक माथिको बृद्धि आउँदा व्यापार, होटल तथा पर्यटन समूहमा पनि २ सय अंक हाराहारीको सुधार आयो । जलविद्युत र लघुवित्त समूह पनि सय अंक माथिले बढे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको १ करोड ३९ लाख कित्ता शेयर ७ अर्ब ८२ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्