१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


पछिल्लो २४ घण्टामा थपिए ४०८ संक्रमित, ८ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक १४ । पछिल्लो २४ घण्टामा देशभर ४०८ जना कोरोना संक्रमित थपिएका छन् ।

७ हजार ८९९ वटा नमूनाको परीक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४०७ पुगेकोे छ ।

त्यस्तै, आइतबार ५१८ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ९९, ललितपुरमा १३ र भक्तपुरमा ७ जना संक्रमित थपिएका छन् ।