२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बुद्धले दिनुभएको सन्देश अहिले झनै सान्दर्भिक : अध्यक्ष तिमिल्सिना


0
Shares

काठमाडौं, कात्तिक १४ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्ध दर्शनले नेपाल र नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताउनुभएको छ ।

आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बुद्ध दर्शनले विश्वमा नेपाललाई चिनाउने र नेपालीसँग जोडेको बताउनुभयो ।

उहाँले बुद्धले शान्ति र अहिंसाका लागि दिनुभएको सन्देश अहिले झनै मानवजातिको लागि सान्दर्भिक भएको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले अहिलेपनि विभिन्न जातजाति, भाषाभाषि र धर्म, सम्प्रदायका बिचमा हत्या, हिंसा भइरहेको भन्दै यस्तो हिंसा मानव जातिका लागि अस्वीकार्य हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले बुद्ध दर्शनको अन्तिम लक्ष्य सामाजिक सद्भाव सुनिश्चित गर्नु, न्याय, बन्धुत्व, शान्तिपूर्ण सह–अस्तित्व र मानविय मर्यादामा आधारित विश्व व्यवस्था कायम गर्नु रहेको उहाँले बताउनुभयो ।