
काठमाडौं, कात्तिक १४ । वेलकम इभेन्ट म्यानेजमेन्टले शुभकार्यका लागि आवश्यक पर्ने सामाग्रीहरुको दुईदिने प्रदर्शनी गरेको छ ।
वेलकम ग्रुपको मूख्यकार्यालयमा भएको दुईदिने महोत्सवमा न्वारान, पास्नी, ब्रतबन्ध, विवाहआदि कार्यमा आवश्यक पर्ने सामाग्रीहरु प्रदर्शनमा राखिएको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक नीता पौडेलले नेपालीहरुको प्रमुख चाडपर्वको सिजन र विवाह, ब्रतबन्धको शुभ लगन सुरु हुने समयमा उपभोक्तालाई एकैठाउँबाट स्तरीय सेवा उपलब्ध गराउन प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्