काठमाडौं, कात्तिक १४ । आन्दोलनरत न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ताका लागि तीन न्यायाधीशलाई जिम्मा दिएका छन् ।
न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश जबरासँग वार्ताको जिम्मेवारी दिइएको हो ।
तीन न्यायाधीशले प्रधानन्यायाधीशको सहज बहिर्गमनलाई नै मुख्य विषय बनाएर प्रधानन्यायाधीश राणासँग वार्ता गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्