
काठमाडौं, कात्तिक १४ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयल निगमभित्र बेथिति, अनियमितता र भ्रष्टाचार रहेको जनाएको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै निगमभित्र भएको अनियमितताको छानविन गर्न नेविसंघले माग गरेको छ ।
सञ्चित रकम र मूल्य स्थिरीकरण कोषलगायतबाट जनतालाई राहत दिनुपर्ने संघको माग छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले महँगी बढ्नेप्रति संघले सरकारलाई सचेत गराएको छ ।
चाडपर्वको समयमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न संघले माग गरेको छ । प्रतिकूलतामा बसिरहेका जनतालाई राहत महसुस हुनेगरी कार्य गर्ने समय भएको उल्लेख गर्दै सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न संघले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्