
फाइल तस्बिर
काठमाडौं, कात्तिक १४ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले सहकर्मी न्यायाधिशसँग आफ्नो सम्मानजनक बहिर्गमनको प्रस्ताव राख्नुभएको छ ।
राणासँग वार्ता गर्न गठन गरेको वार्ता टोलीसँग सो प्रस्ताव राख्नुभएको हो ।
वार्ता टोलीमा न्यायाधिशत्रय अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज कुमार शर्मा हुनुहुन्छ । सर्वोच्चका न्यायाधीश पनि प्रधानन्यायाधिश राणाको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका छन् ।
न्यायाधिशहरुले आजको छलफलबाट प्रधानन्यायाधिश राणालाई सम्मानजनक बहिर्गमनको लागि केही दिन समय दिने पनि निकर्ष निकालेको छ । यस्तै प्रधानन्यायाधिश राणाले राजीनामा दिनैपर्ने भन्दै सोमबार पनि न्यायाधिशले कुनै मुद्दा सुनुवाई नगर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्