२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपति भण्डारी मनाङमा, स्याउ खेती अवलोकन


0
Shares

काठमाडौं, कात्तिक १५ । राष्ट्रपति विद्यादेवी भण्डारी मुलुकको विभिन्न स्थानको भ्रमणका क्रममा आज बिहान मनाङ पुग्नुभएको छ ।

राष्ट्रपति भण्डारीले त्यहाँ एक व्यवसायीले गरेको स्याउ खेती अवलोकन गर्नुभएको छ । त्यसैगरी उहाँले बाढी पहिरोबाट भएका क्षतिको पनि निरीक्षण गर्नुभएको छ ।

मनाङमा सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको राष्ट्रपतिले अवलोकन गर्नुभएको हो ।

सात सय ३५ रोपनी क्षेत्रफलमा रहेको गुरुङको फार्ममा इटालीबाट ल्याएर लगाइएको गाला, फुजी, गोल्डेन जस्ताले उत्पादन दिन थालेको छ ।

आन्तरिक भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन क्षेत्र र मुक्तिनाथ मन्दिर जानुभएको थियो । आइतबार लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका भण्डारी आज मनाङ जानुभएको हो ।

काठमाडौंबाट हेलिकोप्टरमार्फत मनाङ आउनुभएका राष्ट्रपतिबाट मनाङका सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।