
काठमाडौं, कात्तिक १५ । पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोरोना संक्रमित थपिएका छन् ।
७ हजार ४५८ जनाको पिसिआर र ४ हजार १९६ जनाको एन्टीजिन परिक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४९० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गत २४ घण्टामा थप ९ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्