८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कनौडियाले तिरे उखु किसानको १२ करोड, ६ करोड चाडैं तिर्ने प्रतिवद्धता


0
Shares

काठमाडौं, पुस २५ । चिनी मील संचालक वीरेन्द्र कनौडियाले उखु किसानको १२ करोड रुपैयाँ बक्यौता तिरेका छन् ।

महालक्ष्मी चिनी मिलका सञ्‍चालक कनौडियाले उखु किसानको खातामा शुक्रबार १२ करोड रुपैयाँ जम्मा गरेका हुन् ।

अझै ६ करोड रुपैयाँ यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धता समेत उनले जनाएको नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए

। कनौडिया प्रदेश ५ मा कांग्रेसको संसदीय दलका उपनेता समेत हुन् । उखु किसानहरु बक्यौता उठाईदिन हारगुहार गर्दै काठमाडौं आएपछि कांग्रेस पार्टीले कनौडियालाई तत्काल किसानको बक्यौता तिर्न भनेको थियो ।

कांग्रेसले अन्य चिनी मिल सञ्चालकहरुबाट पनि किसानको वक्यौता रकम भुक्तानी गराउन सरकारसँग आग्रह गरेको छ ।