
काठमाडौं, कात्तिक १५ । प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्नका लागि मंगलबार दिउँसो १ बजेसम्मको समय तोकेको छ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार १ बजेसम्म नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।
प्रदेश १ मा यसअघि विपक्षी गठबन्धनमा रहेका दलको स्पष्ट बहुमत छ । उनीहरूले नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् ।
मुख्यमन्त्रीमा राईको दाबी गर्न यसअघि नै उनीहरूले सांसदको हस्ताक्षर संकलन गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्