
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डको ग्लास्गोमा औपचारिक भेटवार्ता हुँदैछ ।
यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो । सम्मेलन उद्घाटनका क्रममा सोमबार दुबै नेताबीच अनौपचारिक भेटवार्ता भए पनि द्धिपक्षीय भेटवार्ता भने मंगलबार हुने परराष्ट्र मन्त्रालयले जनाएको हो ।
जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीका अतिरिक्त बृटिश प्रधानमन्त्री बोरिस जोन्सन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्व नेताहरुसँग अनौपचारिक भेटघाट गर्नुभयो ।
कोरोना भाइरसको संकट हटिनसकेको सन्देश दिन नेताहरुले कुहिनो जोडाएर अभिवादन साटासाट गर्नुभएको थियो ।

सम्मेलनलाई प्रधानमन्त्री देउवाका अतिरिक्त अध्यक्षीय सम्बोधन बृटिश प्रधानमन्त्री जोन्सन, अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री मोदी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, राष्ट्रसंघीय महासचिव गुटरेस लगायतले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनमा नेताहरुले विश्व तापमानलाई १.५ डिग्री सेल्सियसमा कायम राख्नुपर्नेमा जोड दिएका छन् । तस्वीरः भिष्मराज ओझा ।
प्रतिक्रिया दिनुहोस्