
काठमाडौं, कात्तिक १६ । सामसङले सुनको सिक्का तीन, विजेता हरेक दिन” योजना ल्याएको छ ।
चाडपर्वमा अझै हर्षोउल्लास तथा उमङ्ग थप्न स्मार्टफोन ब्राण्ड कम्पनी सामसङले “सुनको सिक्का तीन, विजेता हरेक दिन” योजना ल्याएको हो ।
यो योजना अन्तर्गत ३० दिनसम्म हरेक दिन ३ भाग्यशाली ग्राहकहरुले कुनै पनि सामसङको स्मार्टफोन वा ट्याब्लेटको खरिदमा ५ ग्रामको सुनको सिक्का जित्न सक्नेछन् । सामसङले ३० दिनको अवधीमा ९० वटा सुनको सिक्का दिदैँछ । ग्राहकले एउटा एसएसएस गरेर यस योजनामा भाग लिन सक्नेछन् । विजेताहरु फेसबुक लाइभमा लक्की ड्रमार्फत् छनौट गरिनेछन् र यो योजना कात्र्तिक १५ देखि मंसिर १४ गतेसम्म मान्य हुनेछ ।
यस योजनाले चलिरहेको चाडपर्वलाई थप विशेष बनाउने र सुनको सिक्का धन र समृद्धिको प्रतीक भएकोले यो योजनाले चाडपर्वको उत्सवमा ग्राहकको जीवनमा अझै उमङ्ग थपिने सामसङको विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्