२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु


0
Shares

काठमाडौं, कात्तिक १६ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरेको हो ।

यही कात्तिक ११ गते बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्त गर्न सिफारिस गरेका राजदूतविरुद्ध उजुरी आह्वान गरिएको छ ।

प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र परेको उजुरीमाथि छलफल गरेपछि समितिले उनीहरुको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ ।