
काठमाडौं, कात्तिक १६ । लगातार एक साता बढेर सोमबार सामान्य करेक्सन भएको नेप्से परिसूचक मंगलबार पुनः २३.७६ अंकले बढेर २८४३.६२ विन्दुमा पुगेको छ ।
मंगलबार १७. ७५ अंकले सामान्य करेक्सन भएर २८१९. ८६ विन्दुमा आएको थियो ।
नेप्से परिसूचक पुनः उकालो लागेर मंगलबार ६ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ । बैंकिङ, व्यापार र इन्भेष्टमेन्ट समूहबाहेकका सबै परिसूचक उकालो लागेका छन् ।
यस दिन नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल टेलिकम समेतको सेयर सचीकृत अन्य समूह ३ दशमलव ७७ प्रतिशत र विकास बैंक समूहको परिसूचक ३ दशमलव ५ प्रतिशतले बढेको छ ।
साहस उर्जा लिमिटेडको सेयर मंगलबार ९.९ प्रतिशतले बढेर प्रतिकित्ता ५३९ दशमलव ३० रुपैयाँमा कारोबार भएको छ ।
यस दिन नेप्सेमा २३० कम्पनीका ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८ सय ८८ रुपैयाँ मूल्यका ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता सेयर ५९ हजार ८ सय ८१ पटकको कारोबारबाट खरिद–बिक्री भएका छन् ।
कुल बजार पुँजीकरण ३९ खर्ब ९८ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्