२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


0
Shares

दाङ, कात्तिक २२ । दाङको बबइमा जीप दुर्घटना हुँदा सल्यानको कालिमाटी गाउँपालिका–३ का ४० वर्षीय देबबहादुर सुनारको मृत्यु भएको छ ।

मृतक सुनार जिपका मालिक हुन् । सल्यानको कालिमाटीबाट दाङको बबइ गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटना हुँदा अन्य १६ यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ । दाङको बबइ गाउँपालिका–३ ठाडो खोलामा बिहान ९ बजेतिर जिप दुर्घटना भएको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

सामान्य घाइतेलाई उपचारका लागि तुलसीपुर पठाइएको र गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।