२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनकपुरमा ई-रिक्साको अत्याधिक चाप


0
Shares

जनकपुर, कात्तिक २२ । प्रदेश २ को राजधानी जनकपुरधाममा ई-रिक्साको अत्याधिक चापले पार्किङको समस्या हुन थालेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले ई-रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो ।

नगरमा दर्ता नगरीएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीयहरु बताउँछन् । नगरमा अत्याधिक ई रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रुट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ । तर रुट परमिटको आधारमा कुनै पनि ई–रिक्सा सञ्चालनमा नआएको स्थानीयहरुको गुनासो छ ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिताकुमारी मिश्रले आफूहरु ई रिक्सा पार्किङको व्यवस्थापनलगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेकै कारण समस्या पैदा भएको बताउनुभयो । उहाँले छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउने बताउनुभयो ।

उपमेयर मिश्रले ट्राफिक व्यवस्थापन, पार्किङ, वन वेलगायतका विषयहरूको चाँडै टुङ्गो लगाउने बताउनुभयो । पछिल्लो समय बिना कुनै मापदण्ड नगरक्षेत्रमा थपिँदै गएका ई रिक्साहरूका कारण जनकपुरको आवागमनसमेत असहज बन्दै गएको छ ।